गुल्मी । गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकालेकि छन् । यससँगै उनलाइ मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक उदाहरण भएकाे भन्दै बधाई र शुभकामना दिनेकाे भीड लागेकाे छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न माग गरिएको छ । नेपाल विद्यार्थी संघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेको हो। लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १०
बागलुङ। व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन् । २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । डिएसपी बसन्त पाठकका अनुसार गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि
भरतपुर,चितवन। भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरापलिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर
तनहुँ। जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही
त्रिवेणी,रुकुमपश्चिम। व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु एक लाख आम्दानी भएको उनको भनाइ रहेको थियो । यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र
सिमकोट,हुम्ला। जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक–एक लाख प्रदान गरेको छ । भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई रु एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय
सल्लेरी,सोलुखुम्बु। सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो । त्यस्तै, प्राधिकरणका प्रमुख
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको जानकारी दिएका छन् । बिहीबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको भन्दै अबको दुई वर्षभित्र नारायणघाट