Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पलान्चोकि विजेश्वरी भगवति १५ सय २१ औँ बर्ष प्रवेश


काभ्रेपलान्चोक । आज माघशुक्ल पुर्णिमाका दिनदेखि पलान्चोकि विजेश्वरी भगवति १५ सय २० बर्ष पूरा गरि २१ औ बर्ष प्रवेश गर्ने छिन । माघशुक्ल पुर्णिामा वि स ५६०मा बिजयस्वामिले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोकि विजेश्वरी भगवति स्थापना गरेकि थिइन ।

सक संवत् ४२५ अर्थात वि स ५६० मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको पलाञ्चोकि बिजेश्वरी भगवती । काभ्रेपलान्चोक जिल्लाको प्राचिन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकि विजेश्वरी भगवति बारे: शिलालेखमा यस्तो लेखिएको छः

१)संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२)साग्र बर्षशतमाज्ञायत: सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवि बिजेयश्वरी

अनुवादः संवत् ४२५ माघ शुल्क पुर्णिमादिन भट्टारक (गद्दीनशिल) महाराज श्रिमानदेवले सय भन्दा बढि बर्षसम्म( लामोकालसम्म) आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नि बिजयास्वामिनिले भगवति विजेश्वरी देविको प्रतिष्ठा गरियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?