Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रकृतिको वरदान तितेपाती, फाइदा अनेकभाँती !


सम्माेद आचार्य । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि हो।

औषधीय रूपमा पनि यो अति नै कामलाग्दो जरिबुटि हो। पात फूल र पुरै बोट उखलेर (पञ्चाङ्ग) औषधि रूपमा प्रयोग गर्न सकिञ्छ। बारीमा छापो हाल्ने चलन पनि छ मलीलो भएकाले। सुकाएर चूर्ण बनाएर राख्ने र प्रयोग गर्ने पनि गर्न सकिञ्छ।

लुतो जस्ता छालाका रोग, सञ्चो नहुने घाउखटिरा ,खोकी, ज्वरो, कामला(जण्डिस्) जस्ता कलेजोका समस्या, भोक नलाग्ने, जूका परेको जस्ता समस्यामा एकमुठि पात वा तेति नै जति हुने गरि बोट नै राम्ररी पखालेर पानीमा अलिबेर पकाएर काढा ३-४ चम्चा खाने गर्नाले लाभ हुञ्छ। एस्तो सुलभ वनस्पतिको प्रयोग नवमुकुटाकार विषाणु (कोरोना वाइरस्) को सङ्क्रमण रोक्न र उपचारमा समेत हुन सक्ने कुरा पनि आएको छ।

यो हाम्रो सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, वनस्पति विज्ञान सबै हो तर “कामकुरो एकातिर, कुम्लो बोकि ठिमितिर ” भन्ने उखानसित ठ्याक्कै मिल्ने ई कुरा केही नसिकाउने घोकन्ते र १२ वर्ष “पढाइएको” कुरा पनि राम्ररी नबुझ्ने परीक्षा दिएको एक मैनामा ८०-९०% बिर्सिने जनताको रगत पसिनाबाट उठाएको अरबौं पैसा र जनताका छोराछोरीको समय श्रमको हदैसम्मको दुरुपयोग गर्ने खालको जनता स्वाभिमानी र स्वावलम्बी हुनसक्ने सम्भावना समाप्तजस्तै गरिदिने “आधुनिक शिक्षा” कस्को लागि किन चलाइएको हो र देस किन गरीब र दीनहीन बनेको हो बुझिएन र !


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?