Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

प्रकृतिको वरदान तितेपाती, फाइदा अनेकभाँती !


सम्माेद आचार्य । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि हो।

औषधीय रूपमा पनि यो अति नै कामलाग्दो जरिबुटि हो। पात फूल र पुरै बोट उखलेर (पञ्चाङ्ग) औषधि रूपमा प्रयोग गर्न सकिञ्छ। बारीमा छापो हाल्ने चलन पनि छ मलीलो भएकाले। सुकाएर चूर्ण बनाएर राख्ने र प्रयोग गर्ने पनि गर्न सकिञ्छ।

लुतो जस्ता छालाका रोग, सञ्चो नहुने घाउखटिरा ,खोकी, ज्वरो, कामला(जण्डिस्) जस्ता कलेजोका समस्या, भोक नलाग्ने, जूका परेको जस्ता समस्यामा एकमुठि पात वा तेति नै जति हुने गरि बोट नै राम्ररी पखालेर पानीमा अलिबेर पकाएर काढा ३-४ चम्चा खाने गर्नाले लाभ हुञ्छ। एस्तो सुलभ वनस्पतिको प्रयोग नवमुकुटाकार विषाणु (कोरोना वाइरस्) को सङ्क्रमण रोक्न र उपचारमा समेत हुन सक्ने कुरा पनि आएको छ।

यो हाम्रो सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, वनस्पति विज्ञान सबै हो तर “कामकुरो एकातिर, कुम्लो बोकि ठिमितिर ” भन्ने उखानसित ठ्याक्कै मिल्ने ई कुरा केही नसिकाउने घोकन्ते र १२ वर्ष “पढाइएको” कुरा पनि राम्ररी नबुझ्ने परीक्षा दिएको एक मैनामा ८०-९०% बिर्सिने जनताको रगत पसिनाबाट उठाएको अरबौं पैसा र जनताका छोराछोरीको समय श्रमको हदैसम्मको दुरुपयोग गर्ने खालको जनता स्वाभिमानी र स्वावलम्बी हुनसक्ने सम्भावना समाप्तजस्तै गरिदिने “आधुनिक शिक्षा” कस्को लागि किन चलाइएको हो र देस किन गरीब र दीनहीन बनेको हो बुझिएन र !


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?