Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

पलान्चोकी विजेश्वरी भगवती प्रतिष्ठाका तथ्यहरू


-श्रीकृष्ण धिमाल

माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय २० बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको ३पलाञ्चोकि)बिजेश्वरी) भगवती काभ्रेपलान्चोक जिल्लाको प्राचिन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकि विजेश्वरी भगवति बारे शिलालेखमा उल्लेख छ ।

शिलालेखमा यस्तो लेखिएको छ : १०संवत् ४२५ं१३५ ( वि स ५६०) शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारक महाराज श्रीमानदेवस्य २० साग्र बर्षशतमाज्ञायतस् सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवि बिजेयश्वरी (अनुवाद(संवत् ४२५ं१३५९ वि स ५६० माघ शुल्क पुर्णिमादिन भट्टारक (गद्दीनशिल) महाराज श्रिमानदेवले सय भन्दा बढि बर्षसम्म (लामोकालसम्म) आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नि बिजयास्वामिनिले भगवति विजेश्वरी देविको प्रतिष्ठा गरियो ।

वि स २०१३ सालमा पलान्चोकि विजेश्वरी मन्दिरको छेउमा रहेको पाटिमा लिच्छविकालिन शिलालेख भेटिन्छ, जसलाई राष्ट्रगुरु योगि नरहरिनाथले प्रथमतः प्रकाशित गर्नु भएको थियो१ संवत् ४२५ अर्थात मागशुक्ल पुर्णिमादिन, वि स ५६० मा राजराजेश्वरी विजया स्वामिनिले राजसुयज्ञ सम्पन्न गरि पलाञ्चोक शहरको शिरोभागमा पलाञ्चोक गढि नेर स्थापना गरेको बिजेश्वरी भगवतिलाई आज भोलि हामी पलाञ्चोक भवति भनेर नाम करार गरिरहेकाछौ यो गलत हो ।

के लेखिएको छ त मन्दिरमा रहेको लिच्छविकालिन शिलापत्रमा : “१०संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२साग्र बर्षशतमाज्ञायतस् सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवि बिजेयश्वरी अनुवाद(संवत् ४२५ माघ शुल्क पुर्णिमादिन भट्टारक ९गद्दीनशिल० महाराज श्रिमानदेवले सय भन्दा बढि बर्षसम्म९ लामोकालसम्म९ आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नि बिजयास्वामिनिले भवति विजेश्वरी देविको प्रतिष्ठा गरियो।

यी बिजेश्वरी भगवतिलाई पलाञ्चोक शहरमा नेपालको राजधानी बनाएका तत्कालीन शासक मदन सिंहरामले काठमाडौको इटुङ बहालमा शिलालेख थापना गरि वि स १४३९ मा पलाञ्चोकको किल्ला नेर त्रिपुरेश्वरीदेविको जिवर्णद्वार गरेको उल्लेख गरेका छन सो शिलापत्रमा स्वयम्भूनाथ चैत्यको पुन निर्माण गरेको समेत प्रसङ्ग जोडिएको छ १स्मरण रहोस वि स १४०६ मा मुसलमानले काठमाडौ उपत्यका आक्रमण गरि धोस्त बनाएका मठ मन्दिर पलाञ्चोकका शासकले निर्माण गरेको प्रमाण यथेष्ट छन, त्यसको अर्को प्रमाण वि स १४१७ को पशपतिनाथको जयसिहरामवर्दनको शिलालेख हो , मुसलमानको आक्रमण बाट वि स १४०६ मा धोस्त भएको पशुपतिनाथ मन्दिर र वर्तमानको शिवलिङ्ग समेत पलाञ्चोकका शाससकले निर्माण गरेको पशुपतिनाथ भित्रको शिलालेखले पुष्टि गर्छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा अवस्थित यो मन्दिर सम्वत ४२५ वि स ५६० मा मानदेव प्रथमको शासनकालमा विजयास्वामिनिले राजसुयज्ञ गरि स्थापना भएको पाइन्छ । पलाञ्चोक भगवती, नाला भगवती ,नक्सालभगवती र शोभा भगवती ४ दिदीबहिनीहरु मध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने लिच्छविकालीन र पुर्वमध्यकालिन किम्बदन्तीमा उल्लेख भएको पाइन्छ ।

पलान्चोकि विजेश्वरी भगवतीको मूर्ति एक मिटर अग्लो कालो चिल्लो ढुङ्गामा कुँदिएको अठार हात भएको, विभिन्न शस्त्रास्त्रले सजिएको, अली बाङुगिएको आकारमा छ । यो मन्दिरमा विषेश गरी माघ सुक्लपुर्णिमा, ठुलो एकादशि दशैं, माघे–सङ्क्रान्ति र बैशाख पूर्णिमामा भगवतीलाई रथमा घुमाउने चलन छ । त्यस अवसरमा मन्दिरमा भत्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ ।

सम्पूर्ण देवताहरुको अंगहरुबाट प्रादुर्भाव भएकी विजेश्वरी भगवती कमलको आसनमा विराजमान देवी महालक्ष्मी लाई सिंह बाहनमा विराजमान गरिएको छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । उनका अठार हातमा अक्षमाला, कमल, वाण, खडग, बज्र, गदा, चक्र, बञ्चरो, त्रिशुल, शंख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । शक्तिस्वरुपिनीमा एक जना पहरी व्यापारीले ल्हासा व्यापारबाट आएको आम्दानीबाट मन्दिरमा पचास धार्ने घण्टी चढाएका छन् । यहाँका आदीबासी पहरी भाषा अनुसार पला . पाईला र चों .बस्नु वा राख्नु हो।

-(पलान्चोकि विजेश्वरी भगवति प्रतिष्ठाको १५ सय १९ बर्ष पूरा भएर १५ सय २१ प्रवेशको अबसरमा)


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?