पोखरा। पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो । उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको
मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आएका छन् । त्यस्तै, बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका
वालिङ,स्याङ्जा। स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उक्त जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । त्यस्तै, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ भने जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन
पाटन। ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि
काठमाडौं। हेटौँडा उपमहानगरपालिका-११ नवलपुर स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गरेका छन् । स्मारक भित्रै बनाइएको बुद्ध पार्कको उद्घाटनपछि पौडेलले सहिद सप्ताहको पहिलो दिन बुद्ध पार्क उद्घाटन गर्नु महत्त्वपूर्ण भएको बताएका छन्
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो । त्यसैगरी, लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।
काठमाडौं। अछामको रामारोशन गाउँपालिका-५ की दुई किशोरी भालुको आक्रमणबाट घाइते भएकी छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब
जुम्ला। जुम्लाको पातारासी गाउँपालिका-१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत् आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १०
काठमाडौं। मैयाँदेवी मेमोरियल उन्नाइस वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिएका छन्। उक्त टोलीका अन्य सदस्यहरूमा जानकी थापा,करिस्मा थापा,अनु कडायत,सावित्री धामी,चेतना कुँवर,रविना साउँद र मनीषा बोहरा रहेका