Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सोच बदलौँ, खुसी आफैँ मिल्छ: अध्यक्ष डा. घिमिरे


बलेवा,बागलुङ। १७ फागुनः कोरोना महामारीका समयमा योग र ध्यानले अलि बढी चर्चा पायो । बिरामीमा आयुर्वेदिक पद्धति अपनाउने र योग ध्यान गर्ने बानी बढ्न थाल्यो । पछिल्लो समय योग, ध्यान र खेलकुदका गतिविधि बढ्न थाल्नाका साथै मानसिक स्वास्थ्यमा सुधार आएको जानकारहरू बताउँछन् ।

दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने योगविद्हरुको भनाइ रहेको छ । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आठौँ दिन योग तथा खेल सम्मेलनमा विज्ञहरूले नेपाल योगको भूमि भएको बताए । उनीहरूले योगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउनेमा जोड दिएका छन् ।

उक्त सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समृद्ध देशको लागि पहिले सर्वसाधारणको आर्थिक र मानसिक स्वास्थ्य समृद्ध हुनुपर्ने बताइन् । समृद्धिका कुरा गर्नुपूर्व स्वास्थ्यमा समृद्धिको खोजी अहिलेको आवश्यकता रहेको उनको भनाइ रहेको थियो ।

“हामी समृद्धिको कुरा गर्दछौं”, उपसभामुख रानामगरले भनिन्, “जबसम्म जनता आर्थिक र मानसिकरूपमा स्वस्थ र समृद्ध हुँदैनन् तबसम्म देश पनि समृद्ध हुँदैन । योग, ध्यान र खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य सवल बनाउन सहयोग गर्छ ।”

योग–ध्यान आरोग्य सञ्जाल नेपालका अध्यक्ष डा. सुवास घिमिरेले योग गर्नाले व्यक्ति आफैँ स्वस्थ हुने बताए । उनले भने, “सोच बदल्नुहोस् खुसी आफैँ मिल्छ, स्वभाव बदल्नुहोस् इज्जल आफैँ मिल्छ । योग गर्नुहोस् स्वास्थ्य आफैँ मिल्छ । सही बाटो समात्नुहोस् बाटो आफैँ मिल्छ ।”

सो सम्मेलनमा योग तथा तेक्वान्दो, उसु, करातेका खेलाडीले आ–आफना खेलको नमूना प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?