Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सिमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सिमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ ।

उक्त कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर रू १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स रू आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट रू छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट रू पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

 


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?