Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो:  परराष्ट्रमन्त्री साउद


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताएका छन् ।

उनले नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने बताए । उनले दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो र नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बिचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए ।

त्यसैगरी, परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । उनले विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको बताए । नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको उनले बताए ।

सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । सो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?