Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो:  परराष्ट्रमन्त्री साउद


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताएका छन् ।

उनले नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने बताए । उनले दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो र नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बिचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए ।

त्यसैगरी, परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । उनले विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको बताए । नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको उनले बताए ।

सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । सो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?