Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै


गोदावरी,कैलाली। कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ ।

एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन २ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।

सो केन्द्र निर्माणका लागि रू ५१ करोड ६९ लाख ७४ हजार चार सय ९९ मा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । उनका अनुसार हाल उक्त केन्द्रमा कम्पाउण्ड, फोहर फाल्ने ब्लक, फोहर प्रशोधनयन्त्रलगायत संरचना निर्माण भइरहेका छन् ।

फोहरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहर सङ्कलन गर्नेदेखि लिएर डिस्पोजल गर्ने, प्युरिफाइ गर्ने र कुहिने फोहरबाट मल बनाइने तथा प्राङ्गारिक मल उत्पादन गरिने बताइएको छ । सो परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्नेगरी योजना ९डिजाइन० गरिएको सूचना अधिकारी कलौनीको भनाइ रहेको छ । केन्द्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

एसियाली विकास बैँक (एडीबी) को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासमार्फत धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।

भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त गर्न नसकेकाले काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?