काठमाडौं। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्यो । उक्त जितसँगै पाँच खेलमा चार जितसँगै आठ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ
काठमाडौं। नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौं महानगरपालिकाले पुनः ताकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो । ‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका वडा नं
काठमाडौं। गायिका एलिना चौहान पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् । ब्रेकअपका समाचारले उनलाई केही तनाव दिए पनि गीतलाई भने फाइदा पुगेको देखिन्छ । उनको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको
काठमाडौं। नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोवर्टको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा
सिमकोट,हुम्ला। हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । उक्त जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।
डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ । उक्त नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो । उक्त नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारेका छन् ।
विराटनगर। उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालिन आदेश जारी गरेको छ । बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् भने बढुवा प्रक्रियाका विरुद्ध परेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनरगले तत्काल प्रक्रिया
काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ । उक्त नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो भने सो नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो । त्यस्तै, फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै
भारत । २२ जनावरीमा अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिइ । मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव