Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी


अत्तरिया,कैलाली। कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको हो ।

तेह्रवटै स्थानीय तहका विभिन्न १७ ठाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको इच्छा पुगेका दुई सय ४६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईंले जानकारी दिएका छन् ।

त्यसैगरी, घुम्ती शिविरमा स्थायी बन्ध्याकरण सेवा लिनेमा दुई सय २० महिला र २६ जना पुरुष रहेको उनले बताए । परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् भने नेपाल परिवार नियोजन सङ्घ धनगढी र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लामा दुई चरणमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उनले बताए।

उनले गत मङ्सिर २५ गतेदेखि पुस ६ गतेसम्म १० र यही फागुन ५ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न सात ठाउँमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरिएको बताउदै गत आव २०७९/०८० मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ९१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको बताएका छन् । जसमा दुई सय ६३ महिला र २८ जना पुरुषले बन्ध्याकरण सेवा लिएको परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईंले बताए ।

पुरुषले स्थायी बन्ध्याकरण गर्न नचाहने, महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न नदिनेजस्ता कारणले बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी हुने गरेको उनले बताएका छन् । पुरुषले भ्यासेक्टोमी गर्दा शरीरमा अप्ठ्यारो हुन्छ भन्ने भ्रम, वैदेशिक रोजगारीमा बढी पुरुष नै जाने भएकाले गाउँघरमा पुरुषको सङ्ख्या कम हुने भएकाले पनि स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताएका छन् ।

उनले भने, “पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन् ।”


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?