Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

युवा लक्षित कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम


म्याग्दी। युवालाई कृषि तथा पशुपन्छीपालनसम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी÷मुस्ताङले १८ देखि ५० वर्ष उमेर समूहका उद्यमीका लागि कृषि तथा पशुपन्छीसम्बन्धी उद्यम व्यवसाय गर्न सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालु आर्थिक वर्षमा रु ६० लाख बजेट रहेको यस कार्यक्रमका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेश गर्न सूचना जारी गरिएको जानकारी दिएका छन् ।

“कृषि तथा पशुपन्छीमा आधारित उद्यम गर्ने लक्षित उमेर समूहका सदस्यबाट सञ्चालित कृषि समूह, सहकारी वा निजी कृषि फार्म, कम्पनी र उद्यमीले अधिकतम रु चार लाखका दरले अनुदान पाउने छन्”, उनले भने, “मुस्ताङ र म्याग्दीबाट सङ्कलन हुने आवेदनमध्ये १५ वटालाई अनुदानका लागि छनोट गरिनेछ ।”

त्यस्तै, तरकारी खेती, दूध, मासु, जौ, फापर, सिलाम, कोदो, फलफूल उत्पादन र प्रशोधन, बजारीकरण, साना तथा मझौला चिस्यानगृह र पशुपन्छी तथा माछापालन गर्नेलाई ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराउने परियोजनाले जनाएको छ ।

म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा स्याउ, च्याङ्ग्रा, सुन्तला, आलु र बङ्गुर जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाले यसवर्ष युवालाई लक्षित गरेर कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?