Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युवा लक्षित कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम


म्याग्दी। युवालाई कृषि तथा पशुपन्छीपालनसम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी÷मुस्ताङले १८ देखि ५० वर्ष उमेर समूहका उद्यमीका लागि कृषि तथा पशुपन्छीसम्बन्धी उद्यम व्यवसाय गर्न सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालु आर्थिक वर्षमा रु ६० लाख बजेट रहेको यस कार्यक्रमका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेश गर्न सूचना जारी गरिएको जानकारी दिएका छन् ।

“कृषि तथा पशुपन्छीमा आधारित उद्यम गर्ने लक्षित उमेर समूहका सदस्यबाट सञ्चालित कृषि समूह, सहकारी वा निजी कृषि फार्म, कम्पनी र उद्यमीले अधिकतम रु चार लाखका दरले अनुदान पाउने छन्”, उनले भने, “मुस्ताङ र म्याग्दीबाट सङ्कलन हुने आवेदनमध्ये १५ वटालाई अनुदानका लागि छनोट गरिनेछ ।”

त्यस्तै, तरकारी खेती, दूध, मासु, जौ, फापर, सिलाम, कोदो, फलफूल उत्पादन र प्रशोधन, बजारीकरण, साना तथा मझौला चिस्यानगृह र पशुपन्छी तथा माछापालन गर्नेलाई ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराउने परियोजनाले जनाएको छ ।

म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा स्याउ, च्याङ्ग्रा, सुन्तला, आलु र बङ्गुर जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाले यसवर्ष युवालाई लक्षित गरेर कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?