काठमाडौं। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।
उक्त आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको र ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै, १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।
प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार