Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर


काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ ।

उक्त पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरेको हो ।

माओवादीले सुदूरपश्चिम प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएर भट्टलाई पार्टीको इन्चार्जबाट समेत हटाउने निर्णय गरे पनि सर्कुलरमा भने उक्त निर्णय गरेको हो । सो पार्टीले प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएको भन्दै उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य समेत रहेका भट्टले फरक मत राखेका थिए ।

‘सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरियो । अतः सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरेको छ ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?