Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर


काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ ।

उक्त पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरेको हो ।

माओवादीले सुदूरपश्चिम प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएर भट्टलाई पार्टीको इन्चार्जबाट समेत हटाउने निर्णय गरे पनि सर्कुलरमा भने उक्त निर्णय गरेको हो । सो पार्टीले प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएको भन्दै उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य समेत रहेका भट्टले फरक मत राखेका थिए ।

‘सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरियो । अतः सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरेको छ ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?