Trending
>>   नवलपुरका किसान तोरी खेतीमा आकर्षित >>   पर्वत केन्द्रबिन्दु भएर भूकम्प >>   काम गर्न चाहन्छौ, काम छैन : जीसस प्रमुख >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ १२ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   यस्ताे छ जेलमा आशिकाकाे हालत ! >>   बुटवलमा रविको थुनछेक बहस लम्ब्याउनुकाे रहस्य यस्ताे ! यसरी लागेकाे छ सरकार >>   लम्बियाे रवि लामिछानेको थुनछेक बहस ! अब के हाेला? >>   गुमाँउदैछ कांग्रेसले एक सांसद? >>   महाभारतमा आगलागी नियन्त्रण बाहिरः अमेरिकामा जसरी हेलिकोप्टरबाट आगो निभाइँदै !
Logo
१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

समाचार


राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग

५ चैत्र ,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत २० गतेसम्म सुझाव दिइसक्न भनेको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व

‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

५ चैत्र ,लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए ।

कोशी प्रदेश : नामकरणको विरोध

५ चैत्र ,विराटनगर । कोशी प्रदेश नामकरणपछि असहमत केही समूहले आफ्ना विरोध निरन्तरता दिएका छन् । उक्त समूह हिंसात्मक विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आज विराटनगरमा आयोजित यस्तै विरोधमा सहभागी प्रदर्शनकारीको भीडलाई तितरबितर गर्न प्रहरीले दुई राउन्ड आश्रु ग्यास छोडेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख सेनामा भर्ती हुँदै

५ चैत्र, एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र

फोटो खिच्दा भीरबाट लडेर किशोरीको मृत्यु

५ चैत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो । लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन

बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौं : प्रधानमन्त्री प्रचण्ड

५ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए। प्रधानमन्त्रीले भने, ‘‘कुनै समयमा

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता

५ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद बीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन् । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् । सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिश गोर्खा

राहदानी विभागको टोलीले पोर्चुगलमै गएर सेवा दिने

५ चैत्र, काठमाडाैँ । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल जान लागेको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

५ चैत्र, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

५ चैत, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको

सम्वन्धित समाचारहरु