Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

‘आवको अन्तिममा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’


२ ,श्रावण ,काठमाडौँ । विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा आर्थिक वर्षको सुरुआती चरणमा चुप लागेर बस्ने तर अन्तिममा जुर्मुराएर खर्च गर्दा गुणस्तरीय काम नभएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले रु १० करोडको आयोजनामा विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माण गर्न नै रु पाँच करोड छुट्याउने गरेको उदाहरण पनि भेटिएको उल्लेख गर्दै यस्तो प्रवृत्तिमा सुधार गरिनुपर्ने आवश्यकता औँल्याए ।

पहुँचवाला सांसद भएका क्षेत्रमा धेरै बजेट दिइने तर अन्य सांसदका क्षेत्रमा बजेट नै नदिने गरिएकाले यसमा पनि सुधार गर्न उनले माग गरे । विकास निर्माणका काम अघि बढाउन सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण हुने सांसद चौधरीको भनाइ थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंलगायतले गत आवमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेटबाट ६६ प्रतिशतमात्र खर्च भएको जानकारी गराएका थिए ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?