Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

स्वीस टुरिजम अवार्डका लागि काठमाडौँ महानगर छनौट, प्रमुख शाहलाई सहभागिताका लागि निमन्त्रणा


काठमाडौँ: काठमाडौँ महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै बर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका बैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बिच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।’

काठमाडौँको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ । ‘यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ ।’

यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन । आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यहरुको सञ्चार र बजारीकरण गरेर शौखिन पर्यटक समक्ष सूचना पु¥याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मुल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यंक्रममा सहभागी हुनेछन् ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?