Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

समाचार


भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आग्रह

काठमाडौं। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ । युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैयाँ

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै

राँझा,बाँके। बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिएका छन् । “एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता प्राप्त म्याराथनलाई अझ

ललितपुर महानगरपालिकामा  दुई दमकल थपिए

पाटन,ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । उक्त महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने ।“हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा

पहिलो चौमासिकमा कामपाको राजस्व करिब तीन अर्ब

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ । उक्त रकम गत आ.व.को सोही अवधिको भन्दा रू १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व

संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान

काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ भने गणतन्त्र, सङ्घीयता र

चितवनको रामपुरमा कृषि वैज्ञानिक सम्मेलन

भरतपुर। चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । त्यस्तै, पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ देखि

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमानमार्फत बदनाम गराउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार साँझ उपेन्द्र देवकोटा र शिव शर्मालाई नियन्त्रणमा लिएको हो । त्यस्तै, महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम

सुनको मूल्य तोलामा ३०० रुपैयाँले फेरी बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको

जबरजस्ती करणी गरेको आरोपमा डोटीमा ३ जना पक्राउ

डोटी । डोटीमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरूले मंसिर १ गते साँझ

दूधको मूल्य घट्दा किसान निराश

नारायणगढ,चितवन। रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा खान्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा

सम्वन्धित समाचारहरु