Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते


कोनाक्री,गिनी। गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।

उक्र आगलागीप छि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्बिरमा देखिएको छ ।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो । त्यस्तै, उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताएका छन् । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ । सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गरेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?