Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान


बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका-३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए । सो विद्यालयका सल्लाहकार समेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए ।

उक्त कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानाध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए ।

त्यस्तै, प्रा.वि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?