काठमाडाैं। पत्रकारितामा दलित समुदायको दक्ष जनशक्ति टिकाउन चुनौती बढिरहेको सरोकारवालाहरूले दाबी गरेका छन् । बढ्दो आर्थिक मन्दीसँगै मिडिया क्षेत्र पनि प्रभावित भएकाले यस्तो चुनौती देखिएको उनीहरूको भनाइ रहेको छ । जागरण मिडिया सेन्टरद्वारा बिहीबार आयोजित सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रममा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालका कारण चुनौती बढिरहेको औँल्याइएको छ
काठमाडाैं। आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो । एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानार्कषण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि
काठमाडाैं। काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडाैंको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिदिएका छन् । शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको बैठकले किसानबाट खरिद गरेको दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शुक्रबारको
राजविराज,सप्तरी। अलपत्र छाडिएको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् । सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो । उक्त प्रतिष्ठान निर्माणका लागि दबाब दिन सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन
भरतपुर। कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी भू–भाग छ । त्यस्तै, बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन् । उनीहरुले भिर पाखामा लटरम्म सुन्तला फलाउन थालेपछि यो क्षेत्र सुन्तला खेतीको
काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । त्यस्तै, सो समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको
धनगढी। बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका छन् । उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो भने डीएसपी
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज यहाँ आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा