Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘चित्रा’ मा सिमरनको चर्चा


काठमाडौं। नेपाली फिल्ममा थिएटरका मात्र होइन, अभिनय पढेर भित्रिनेको संख्या पनि बाक्लिँदो छ । ती मध्येकी एक हुन् सिम्रन खड्का । सिम्रन कान्तिपुर फिल्म एकेडेमीकी पूर्व विद्यार्थी हुन् ।

यतिबेला फिल्म बजारमा उनको चर्चामा रहेको छ । चर्चाको कारण बनेको छ फिल्म ‘चित्रा’। ‘चित्रा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । उक्त प्रदर्शनको केही दिन अगाडि फिल्मले प्रिमियर राखेको थियो ।

सो फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान जस्ता नाम चलेका कलाकारको अभिनय रहेको छ, तर प्रिमियरमा अभिनय चर्चा भने सिम्रनको भएको थियो । त्यस्तै, प्रिमियर उपस्थित जतिपनि ब्यक्ति थिए भने सबैले उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।

‘चित्रा’मा सिम्रनले अभिनेता सन्तोष अधिकारीको छोरीको भूमिका निभाएकी छन् । चुलबुले स्वभावको चरित्रमा उनको अभिनय राम्रो छ । ‘चित्रा’ सिम्रनको दोस्रो फिल्म हो । यसअघि उनले ‘प्रेमगञ्ज’ अभिनय गरेकी थिइन् । जसमा पनि उनको अभिनयको चर्चा भएको थियो । फिल्ममा उनले नकारात्मक चरित्र निर्वाह गरेकी थिइन् ।

उक्त फिल्ममा चरित्र जे निर्वाह गर्ने भूमिकामा राम्रो गर्ने सिम्रनलाई सोही कारणले एकपछि अर्को फिल्म समेत हात परिरहेको छ ।

 


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?