Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

‘चित्रा’ मा सिमरनको चर्चा


काठमाडौं। नेपाली फिल्ममा थिएटरका मात्र होइन, अभिनय पढेर भित्रिनेको संख्या पनि बाक्लिँदो छ । ती मध्येकी एक हुन् सिम्रन खड्का । सिम्रन कान्तिपुर फिल्म एकेडेमीकी पूर्व विद्यार्थी हुन् ।

यतिबेला फिल्म बजारमा उनको चर्चामा रहेको छ । चर्चाको कारण बनेको छ फिल्म ‘चित्रा’। ‘चित्रा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । उक्त प्रदर्शनको केही दिन अगाडि फिल्मले प्रिमियर राखेको थियो ।

सो फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान जस्ता नाम चलेका कलाकारको अभिनय रहेको छ, तर प्रिमियरमा अभिनय चर्चा भने सिम्रनको भएको थियो । त्यस्तै, प्रिमियर उपस्थित जतिपनि ब्यक्ति थिए भने सबैले उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।

‘चित्रा’मा सिम्रनले अभिनेता सन्तोष अधिकारीको छोरीको भूमिका निभाएकी छन् । चुलबुले स्वभावको चरित्रमा उनको अभिनय राम्रो छ । ‘चित्रा’ सिम्रनको दोस्रो फिल्म हो । यसअघि उनले ‘प्रेमगञ्ज’ अभिनय गरेकी थिइन् । जसमा पनि उनको अभिनयको चर्चा भएको थियो । फिल्ममा उनले नकारात्मक चरित्र निर्वाह गरेकी थिइन् ।

उक्त फिल्ममा चरित्र जे निर्वाह गर्ने भूमिकामा राम्रो गर्ने सिम्रनलाई सोही कारणले एकपछि अर्को फिल्म समेत हात परिरहेको छ ।

 


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?