३ ,पुष ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनिहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
३ ,पुष ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच
लुम्बिनी। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट गरे । अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका
काठमाडौं। अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो ।
काठमाडौं। दुई दिनयता खुलामञ्चको दृश्य कुनै मेलाजस्तो देखिन्छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, जहाँ दर्जनौं कलाकार नृत्यमा अभ्यस्त देखिन्छन् । अर्को कुना हेर्दा लाग्छ त्यहाँ कुनै चुनावी सभा भइरहेको छ भने नेताहरु चुनावी नारा र एजेण्डासहित भाषण ठोकिरहेका छन् । झण्डा र ध्वजापताकाले यहाँ चुनावी सरगर्मी देखिन्छ
महोत्तरी। यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन विवाह फलदायी नहुने परम्परागत मान्यता तोड्दै यसै दिन विवाह गर्ने जोडी बढ्दै गएका हुन् । अघि त्रेतायुगमा मिथिलापुत्री सीताले वैवाहिक जीवनमा थुप्रै हण्डर व्यहोर्नु परेको, अग्निपरीक्षा दिनुपरेको र पछि
खजुरा,बाँके। थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् । थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए । उनले वैजनाथ
काठमाडौं। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा जनदबाब सिर्जना गर्न वृहत आन्दोलन गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा उत्रिने निर्णय लिएको हो । त्यस्तै, तीन दिनसम्म काठमाडौंमा चलेको बैठक विभिन्न सात बुँदे निर्णयसहित सम्पन्न भएको छ । राप्रपाले विभिन्न जनजीविकाका मुद्दाका
काठमाडौं। शेयर बजार नेप्से परिसूचक आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले
घोराही,दाङ। दाङमा वार्षिक छसय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको छ । माछाका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका