Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक’


मनहरी,मकवानपुर। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । आज हेटौँडामा आयोजित स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बीमाको पहुँच बढाउँदै बीमितको उपचार तत्काल गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

बीमा गरेका नागरिकलाई सबै प्रकारका उपचार सेवा र औषधी सहज रुपमा निःशुल्क उपलब्ध गराउनुपर्ने उहानको भनाइ रहेको थियो । उनले सबै पक्षको सकारात्मक पहलबाट स्वास्थ्य बीमा कार्यान्वयन प्रभावकारी हुने बताए ।

त्यस्तै, बीमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे भने बीमामार्फत प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रुपमा औषधी पाउने व्यवस्था बनाउन आवश्यक रहेको मन्त्री जोशीको भनाइ रहेको थियो ।

त्यसैगरी, तीन वटै तहका स्वास्थ्यसम्बन्धी संरचना र स्वास्थ्य चौकीसँग जोडिएर काम गर्दा उपयुक्त हुने र बीमालाई नागरिकसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नुपर्ने उनले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले देशभरमा ७५ लाख नागरिक बीमामा आबद्ध रहेको बताउँदै बोर्डको उद्देश्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहका संरचनाहरु समेत तयार गरिएको बताएका छन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?