काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू नेपालमा बाँड्न सक्ने गरी भएको सम्झौतामा आपत्ति जनाएका छन् । बिहीबार नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा सम्झौता आश्चर्यजनक भएको उनको भनाई रहेको छ । उनले भनेका छन्, ‘सम्झौता
काठमाडौं। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी भएका छन् । त्यस्तै, सिंहदरवार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि
विराटनगर। नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गए राति मलेसिया गएका हुन् । उक्त कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी
विराटनगर। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा सहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । त्यस्तै, चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको संख्यामा कमी आएको छ भने पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले, महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालले नारायणहिटीमा नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन् । त्यसले नारायणहिटी नेपालमा शासन गर्ने गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी,
सुदूरपश्चिम। सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन् । धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औल्याए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु बताएका छन् । बिहीबार नेपाल र भारतीबीचको सचिवस्तरीय बैठकमा औपचारिक रूपमा व्यापारसम्बन्धी सम्झौतामा अन्तिम हस्ताक्षर भएको थियो । बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई