Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावास अगाडि गरे प्रदर्शन


काठमाडौं। रुसी दूतावास अगाडि प्रदर्शन गरिएको छ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना बन्द गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएकाहरूलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावासको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?