Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावास अगाडि गरे प्रदर्शन


काठमाडौं। रुसी दूतावास अगाडि प्रदर्शन गरिएको छ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना बन्द गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएकाहरूलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावासको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?