Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चिलीको जंगलमा भएको आगलागीमा परेर १२२ जनाको मृत्यु


काठमाडौं। चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव बस्तीमा सल्किएर हजारौँ घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिसहरू घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ ।

चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर सोमबारसम्म कम्तिमा १२२ जनाको मृत्यु भइसकेको छ । अझै धेरैको ज्यान गएको हुन सक्ने उसको अनुमान छ ।

सो आगलागीले भयावह स्थिति सिर्जना गरेपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागी भएको क्षेत्र भल्पराइसो र भिना डेल मार लगायतका तटीय क्षेत्रलाई आपत्कालीन सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छन् भने त्यो क्षेत्रमा चार वटा ठूलो ज्वालाहरू जलेको र अग्निनियन्त्रकहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्दा आगलागीबाट मर्नेहरूको संख्या झन् धेरै बढेको जनाइएको छ ।

राष्ट्रपति बोरिकले चिलीबासीहरूलाई उद्धारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका छन् । तापक्रम उच्च भएका कारण आगलागी तीव्र गतिमा फैलिएको जनाइएको छ ।

आगलागी पीडितको सम्झनामा चिली सरकारले सोमबार र मंगलबार राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?