Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चिलीको जंगलमा भएको आगलागीमा परेर १२२ जनाको मृत्यु


काठमाडौं। चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव बस्तीमा सल्किएर हजारौँ घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिसहरू घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ ।

चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर सोमबारसम्म कम्तिमा १२२ जनाको मृत्यु भइसकेको छ । अझै धेरैको ज्यान गएको हुन सक्ने उसको अनुमान छ ।

सो आगलागीले भयावह स्थिति सिर्जना गरेपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागी भएको क्षेत्र भल्पराइसो र भिना डेल मार लगायतका तटीय क्षेत्रलाई आपत्कालीन सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छन् भने त्यो क्षेत्रमा चार वटा ठूलो ज्वालाहरू जलेको र अग्निनियन्त्रकहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्दा आगलागीबाट मर्नेहरूको संख्या झन् धेरै बढेको जनाइएको छ ।

राष्ट्रपति बोरिकले चिलीबासीहरूलाई उद्धारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका छन् । तापक्रम उच्च भएका कारण आगलागी तीव्र गतिमा फैलिएको जनाइएको छ ।

आगलागी पीडितको सम्झनामा चिली सरकारले सोमबार र मंगलबार राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?