Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

समाचार


पञ्चेश्वरमा नेपाल र भारतको लगानीबारे टुङ्गो नलाग्दा योजना निर्माणमा ढिलाइ: मन्त्री बस्नेत

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतमध्ये कसले कति लगानी गर्ने भन्ने विषय टुङ्गो नलाग्दा आयोजना अघि बढ्न नसकेको बताएका छन् । संसद्को पूर्वाधार विकास समितिको बैठकमा उनले परियोजना अघि बढाउन नेपाल र भारतको लगानीको हिस्साका विषयमा टुङ्गो लाग्न नसकेको उनले बताएका हुन् ।

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं। सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन् । उक्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । उक्त

डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

काठमाडौं। डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा. केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी, गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त

ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔँः मन्त्री खड्का

काठमाडौं। रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल ज्योतिष परिषद्को रजत महोत्सव पारेर आयोजित कार्यक्रममा रक्षामन्त्री खड्काले ज्योतिष परिषद्को सफलताको कामना गर्दै ज्योतिष विद्यालाई चीना बनाउने र टिप्पणी गर्नेभन्दा माथि उठाउनुपर्नेमा जोड दिए । त्यस्तै, ज्योतिष विद्यालाई व्यवस्थित,

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “वैदेशिक

काठमाडौंको टुँडिखेलमा थारु समुदायले मनाउने माघी महोत्सव लाग्ने

काठमाडौं। थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौंको टुँडिखेल मैदानमा पुस २९ र माघ १ गते मेला माघी महोत्सव लाग्ने भएको छ । उक्त महोत्सव मा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ । त्यस्तै, पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले

ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक छ: ऊर्जामन्त्री बस्नेत

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक भएको बताएका छन् । आज पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्राधिकरणको बक्यौता उठाउने लाइन ठिक भएको बताएका हुन् । ‘विद्युत् प्राधिकरणले अहिले जुन बाटो लिएको छ । त्यो एकदमै ठिक छ ।

भर्खरै सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान सकिबले हाने समर्थकलाई थप्पड

काठमाडौं। भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् । मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् । उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई

४७ किलो अवैध चाँदी सहित ३ जना पक्राउ

काठमाडौं। काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले ४७ किलो चाँदी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगन्ज महानगरपालिका(३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । त्यस्तै, भोटेबहाल, कोटेश्वर लगायतका

सम्वन्धित समाचारहरु