Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भानु साहित्य उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु


दमौली। आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा निर्माण गर्न लागिएको साहित्यिक उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । भानु नगरपालिकाले वडा नं ४ चुँदीरम्घामा साहित्यिक उद्यान निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम सुरु गरेको हो ।

त्यस्तै, भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थानका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले नगरपालिकालाई रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट जग्गा प्राप्ति, गुरुयोजना, भानुभक्त आचार्यको शालिक, अन्य कवि, साहित्यकार र कलाकार स्रष्टाको शालिक, पहुँच मार्गलगायत पूर्वाधार निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार जग्गा अधिग्रहणका लागि नगरपालिकाले आजदेखि १५ दिनभित्र जग्गाधनीले लालपुर्जालगायतका आवश्यक प्रमाणसहित वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ । उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिने पौडेलले जानकारी दिए । उद्यान निर्माणका क्रममा आवश्यक गुरुयोजना बनाउन, जग्गा अधिग्रहणलगायत कामका लागि पालिकाले सहजीकरण समिति गठन गरेको छ ।

भानुभक्त साहित्य उद्यानका उपाध्यक्ष डा ब्रतराज आचार्यको संयोजकत्वमा जग्गा प्राप्ति सहजीकरण समिति गठन भएको हो । सदस्यमा श्रीभक्त आचार्य, लक्ष्मी आचार्य, प्रेम राना, ऋषिराम पन्त, अर्जुन बोहरा, केशवराज त्रिपाठी, नहकुल अधिकारी, खुमप्रसाद श्रेष्ठ वृन्दा रानाभाट, रामकुमार श्रेष्ठ, जयहरी ढकाल रहेका छन् ।

यस ठाउँलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भानु जन्मस्थलको विकास र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यो कामलाई अगाडी बढाउन लागिएको हो ।”

सो जग्गा अधिग्रहण भएपछि गुरुयोजना निर्माण गरी गुरुयोजनाअनुसार नै साहित्य उद्यानको काम अगाडि बढ्ने त्रिपाठीको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?