Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह


ललितपुर। ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडौंमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो ।

उक्त फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर फर्मालिन लगायतका नि सङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शङ्का लागेका पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्न, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर बङ्गुर लाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर तथा सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु भनिएको छ ।

त्यस्तै, अनिवार्यरुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वास्थ्य सुँगुर, बङ्गुर वा मासुको ओसार प्रसार गर्ने गराउने आग्रह गरेको छ। नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो भने हाल विभिन्न स्थानमा देखा पर्न थालेको पशु सेवा सेवा विभागले जनाएको छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?