कैलाली। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । सो जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी
काठमाडौं। गोरखा र स्याङ्जामा २ जना मृतावस्थामा फेला परेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ सल्यान गहते बस्ने ६० वर्षीय खड्क बहादुर काफ्ले क्षेत्री पनि सोही ठाउँस्थित खोपाको खोला जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । विगत ४ दिन देखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
काठमाडौं। समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो । त्यसैगरी, ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो
काठमाडौं। चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ सेनाका मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली आगामी शनिवार नेपाल आउने कार्यक्रम रहेको छ । उनिहरुले चार दिने नेपाल भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतसंग
काठमाडौं। नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो । सो सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ भने सिरिजको आयोजना युगान्डाले गर्नेछ ।
काठमाडौं। प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ । सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको थियो । त्यस्तै, बानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले
काठमाडौं। तराई/मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न
सल्लेरी,सोलुखुम्बु। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन् । उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताएका छन् । विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको
कर्णाली। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन सुरु हुने भएको हो । त्यस्तै, आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले बुधबार पत्रकार भेटघाटमार्फत डिजिटल मार्गचित्र तयार गर्न प्रविधि
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए । उक्त सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ