Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

कांग्रेस भन्छ-‘सत्ता पक्षमा बहुमतको दम्भ र निरंकुशताको मनोवृत्ति देखियो !’


काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए । नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’

‘सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठकले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?