Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, 'ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको

विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको

झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या (भारत), १९ माघ (रासस) : नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ

न्यायिक समितिद्वारा न्याय सम्पादन द्रुत गतिमा

विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले द्रुत गतिमा न्याय सम्पादन गर्ने गरेको छ । समितिले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म दर्ता भएका एक सय ३८ मुद्दामध्ये ९३ वटाको फैसला गरेको छ । बाँकी मुद्दा सुनुवाइको क्रममा छन् । नेपालको संविधान, २०७२ को धारा २१७ को उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार

भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश

अध्यक्ष ओलीसँग राजदूतको भेट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

बेलायतमा दारी ग्याङको समिति गठन

सामाजिक कार्यमा सक्रिय फेसबुक समूह दारी ग्याङको बेलायतमा पनि समिति गठन भएको छ । मंगलबार सम्पन्न दारी ग्याङ बेलायतको विशेष बैठकले कार्यसमिति चयन गरी औपचारिक रुपमा समिति गठन गरेको हो । दारी ग्याङ केन्द्रिय समिति अध्यक्ष प्रदिप गैरे (बर्बरिक) का अनुसार समितिले सर्वसम्मत समिति पदाधिकारी र सदस्य चयन भएका हुन्

प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ । बुधवार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाहरुको

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो । सडक डिभिजन

सम्वन्धित समाचारहरु