सामाजिक कार्यमा सक्रिय फेसबुक समूह दारी ग्याङको बेलायतमा पनि समिति गठन भएको छ । मंगलबार सम्पन्न दारी ग्याङ बेलायतको विशेष बैठकले कार्यसमिति चयन गरी औपचारिक रुपमा समिति गठन गरेको हो ।
दारी ग्याङ केन्द्रिय समिति अध्यक्ष प्रदिप गैरे (बर्बरिक) का अनुसार समितिले सर्वसम्मत समिति पदाधिकारी र सदस्य चयन भएका हुन् । समितिका अध्यक्षमा सुशील गौतम उपाध्यक्षमा धर्मजित शाही,सचिवमा वीर बहादुर घिसिङ सहसचिवमा अमित रायमाझी र कोषाध्यक्षमा प्रमोद राज पाण्डे चयन भएका छन् । बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ ।
प्रकाशित मिति: १८ माघ २०७९, बुधबार