Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र


झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो । “सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उहाँले भन्नुभयो । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुने छ ।


प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?