Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो


‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो । सडक डिभिजन नुवाकोटले गत वर्ष प्रति योजना रु तीन करोडसम्मको पाँच वटा योजना सञ्चालनमा ल्याएकोमा चालु आर्थिक वर्षमा योजनाको सङ्ख्या बढाएर १८ वटा आएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार योजना कार्यान्वयन गर्न बजेट भने प्रतियोजना रु.५० लाखको दरले प्राप्त भएको छ । “मूल राजमार्गको आसपास बनाएर वैकल्पिक सहायक राजमार्गको विस्तार गर्नुपर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत बजेट कार्यान्वयन गर्नुपर्ने हो”, डिभिजन प्रमुख रिमालले भन्नुभयो, “योजनाको सङ्ख्या बढेर आयो, बजेटको आकार घटाइएको छ । लक्ष्य अनुसार सडक निर्माण गर्न खर्च पुग्दैन ।” गतवर्ष सञ्चालित पाँचमध्ये चारलाई रु तीन करोड र एउटालाई रु दुई करोड बजेट प्राप्त भएको थियो । खर्च अभावले ती योजना पूरा हुन बाँकी छ । बाँकी योजनामध्ये यो आवमा चार वटालाई प्रति योजना रु एक करोड प्राप्त भएको छ । ठाटीभञ्याङबाट गोल्फुभञ्याङ जाने सडकलाई बजेट नै नआएको सडक डिभिजन नुवाकोटका इञ्जिनीयर सुमन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार योजना ढिलो गरेर प्राप्त भएकाले निर्माण व्यावसायीलाई कामको जिम्मा दिन अझै बाँकी छ ।

वैकल्पिक सहायक राजमार्गले नयाँ सडक निर्माण तथा साविकको ‘ट्र्याक’ लाई विस्तार गर्दै हाल सञ्चालनमा रहेका मुख्य राजमार्ग आसपास तथा नदी–खोलाको ठिक पारीतर्फ जहाँ सडकको पहुँच नभएको स्थानमा सडक पु¥याउने लक्ष्य लिइएको छ । नयाँ निर्माण गरिने सहायक राजमार्ग हाल सञ्चालनमा रहेका मुख्य सहायक राजमार्ग सरह सडकको पहुँच दायाँबाट १५ मिटर र कालोपत्र सात मिटर चौडाइको बनाइने उल्लेख छ ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?