Trending
>>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

समाचार


मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचो

पर्वत। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत

लिम्बू जातिले मनाए नयाँ वर्ष

म्याङलुङ,तेह्रथुम। माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

इनरुवा,सुनसरी। केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा

राष्ट्रिय सभा निर्वाचनमा मधेश र लुम्बिनीबाहेक जनमतले गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं। जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध आफ्ना उम्मेदवार उठाएको छ । जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ । माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ । यी दुई उम्मेदवार

भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सले दियो अल्टिमेटम

काठमाडौं। माल्दिभ्सले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन

धनुषामा एक पुरुष मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते

काठमाडौं। धनुषामा एक जना पुरुष मृत भेटिएका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका

करिब दुई दर्जन कार्यकर्ताले छाडे रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् । बर्दियाको गुलरियाका २१ जनाले पार्टीप्रति असन्तुष्टि जनाउँदै पाटी छाडेका हुन् । उक्त पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरूले पार्टीका बर्दिया

यती एयर विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

पोखरा। माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसोतिर घर आउने जानकारी प्रतिभालाई थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने

मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै

मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा

विनोद भण्डारीको उत्कृष्ट शतकसँगै आर्मीले मधेसलाई दियो ३ सय २१ रनको विशाल लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय २० रनको योगफल बनायो । आर्मीका

सम्वन्धित समाचारहरु