२ जेठ, दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए
२ जेठ, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने
२ जेठ, सिन्धुली । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार
२ जेठ, बर्दिबास । पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोनमा ७ जानकीनगरका ५ वर्षीय आसिक सदाको सोमबार साँझ घरछेउकै पोखरीमा डुबेर मृत्यु भएको हो । घरका परिवार मजदुरीका लागि बाहिर गएको बेला खेल्ने क्रममा पोखरीमा डुबेको अनुमान गरिएको छ । स्थानीयले पोखरीको पानीमा बालकको शव देखेपछि प्रहरीलाई खबर
२ जेठ, काठमाडाैँ । लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दै आएका प्रा डा पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गर्ने भएको छ । औषधि उत्पादन तथा वितरण, प्रविधि विकास तथा हस्तान्तरण, गुणस्तरको प्रत्याभूति एवं गुणस्तर नियन्त्रणजस्ता विषय समेटिएका थापाका
२ जेठ, एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्किको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई "लोकतन्त्रको विजयको सङ्केत" भएको बताएका छन्। आइतबारको चुनावमा टर्किका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन् । उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू
२ जेठ, महोत्तरीमा । वर्षासँगै आएको हावाहुरीका कारण महोत्तरीको उत्तरी भेगमा आइतबार रातीदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीले उत्तरी भेगका हाइटेन्सन पोल ढालेको र रुखका हाँगा खसेर प्रसारण लाइनमा क्षति पुग्दा सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाले जनाएको छ । शाखा प्रमुख प्रवीण झाकाअनुसार बर्दिबासको वडा नं
२ जेठ, लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने
२ जेठ, काठमाडाैँ । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको
२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गरेका थिए । बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य हुनुहुन्छ ।