Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

समाचार


कञ्चनपुर लागूऔषधको अखडा : ११ महिनामा २ सय ५५ जना पक्राउ

६ असार, कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम

आजबाट साफ च्याम्पियनसिप सुरू : नेपालले कुवेतको सामना गर्दै

६ असार, काठमाडाैँ । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँँछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । साे खेल दिउँसाे ३ः४५ बजेवाट सुरू हुनेछ । कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

६ असार, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी

काठमाडौँमा अब छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

६ असार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि

उखरमाउलो गर्मीमा छिन-छिनमा बिजुली जाँदा सास्ती

६ असार, बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुन् । उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छिन् । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ । रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुन्छिन् । चार वर्षदेखि किराना

पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

६ असार, सङ्खुवासभा । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो । गए राति वर्षासँगै आएको पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको

समृद्ध प्रदेशका लागि महिलालाई सक्षम बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत

६ असार, धनुषा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सवल र योग्य बनाउन

योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने : प्रधानमन्त्री प्रचण्ड

६ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य

बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

६ असार, बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा

६ असार ,भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक

सम्वन्धित समाचारहरु