Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट


३ ,श्रावण ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकारका प्रवक्ता शर्माले कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा इजरायलसँग सहकार्य गर्न चाहेको बताउईन् ।

पहिलेको तुलनामा सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिँदै उनले सरकारले सूचना प्रविधि विकास र प्रयोगलाई प्राथमिकतामा राखेको बताईन् ।

सरकारको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको प्रष्ट पारिन् । उनले भनिन्, “देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको छ, त्यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको छ ।”

इन्टरनेटको फोरजी सेवा देशभरि पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका क्रममा रहेको बताईन् । नेपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै उनले गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको तयारी रहेको जानकारी दिईन् ।

राजदूत गोडर गोल्डबर्गर पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताईन् । सूचना र सञ्चारका क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले त्यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको उनको भनाइ थियो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?