Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सांसद् सापकोटाद्वारा राष्ट्रसंघीय राजनीतिक फोरमलाई सम्बोधन


३ ,श्रावण ,न्युयोर्क ।माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्यप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरुलाई अपिल गरे । दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उल्लेख गरे । यो नेपालको मात्र नभई तेश्रो विश्वसका अल्पविकसित सबै मुलुकहरुका साझा समस्या रहेको सापकोटाको भनाइ थियो ।

सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए । मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए । सापकोटाले नेपालको सरकार संसदप्रति जवाफदेही रहेको समेत बताए ।

सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमिण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो । टोलीमा काँग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोट, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।

 


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?