Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना सिकिस्त

५ श्रावण, बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् । स्थानीय जङ्गलबाट

चट्याङमा परेर वडासदस्यको मृत्यु

५ श्रावण, रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी

स्टाफ कलेजको आकस्मिक निरीक्षणमा एकसाथ पुगे मन्त्री मोदी र सचिव पुष्कर

५ श्रावण, ललितपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन् । शुक्रबार बिहान १० बजे मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेका हुन् । यसअघि विभिन्न सञ्चारमाध्यममा मन्त्री

समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् : आरजु राणा

५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिएकी छन् । सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार धारणा राख्दै उनले सो कुरा बताइन् । डा. राणाले भनिन्,

फ्राइडे रिलिज : हलमा लाग्यो ‘लुङा’, ‘बगान’ दोश्रो हप्तामा

५ श्रावण, काठमाडाैँ । शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली चलचित्र ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका छन् । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी,

अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ, क्लिनिकमा शील

५ श्रावण, बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य क्लिनिक 'सिल’ गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो । प्रहरीले सो स्वास्थ्य क्लिनिक  सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

५ श्रावण, चितवन । चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी

५ श्रावण, चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए

यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

५ श्रावण, काठमाडाैँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको

सुन काण्डबारे जानकारी लिन भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ

५ श्रावण, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनि त्यहाँ पुगेका हुन् । उनीसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेको

सम्वन्धित समाचारहरु