Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् : आरजु राणा


५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिएकी छन् ।

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार धारणा राख्दै उनले सो कुरा बताइन् ।

डा. राणाले भनिन्, “निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनैपर्छ भनेको छ । हाम्रो पार्टीको योजना के हो ? लास्टमा गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लवी गरौं । हामीले पहिला पनि लवी गरेको हो । अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन् । समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ! महिला–महिलाबीच प्रतिस्पर्धा गरेर एकतिहाइ सिट पठाऔं हामी ।”

यस्तै, उनले दलित पनि सधैँ समानुपातिकमा आउने कुरा नहुने भनाइ राखिन् । उनले भनिन्, “त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन पर्यो । उहाँहरु जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटीभन्दा नराख्ने राम्रो कुरा हो । खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने । पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ?”

उनले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताइन् । सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा उनको छ ।

उनले भनिन्, “ओपनमा क्रिटिसाइज नगरौं । राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो । कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानपर्‍यो । हाम्रो भोट हामी आफैं काटिरहेका छौं ।”


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?