Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् : आरजु राणा


५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिएकी छन् ।

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार धारणा राख्दै उनले सो कुरा बताइन् ।

डा. राणाले भनिन्, “निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनैपर्छ भनेको छ । हाम्रो पार्टीको योजना के हो ? लास्टमा गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लवी गरौं । हामीले पहिला पनि लवी गरेको हो । अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन् । समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ! महिला–महिलाबीच प्रतिस्पर्धा गरेर एकतिहाइ सिट पठाऔं हामी ।”

यस्तै, उनले दलित पनि सधैँ समानुपातिकमा आउने कुरा नहुने भनाइ राखिन् । उनले भनिन्, “त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन पर्यो । उहाँहरु जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटीभन्दा नराख्ने राम्रो कुरा हो । खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने । पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ?”

उनले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताइन् । सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा उनको छ ।

उनले भनिन्, “ओपनमा क्रिटिसाइज नगरौं । राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो । कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानपर्‍यो । हाम्रो भोट हामी आफैं काटिरहेका छौं ।”


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?