Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

स्टाफ कलेजको आकस्मिक निरीक्षणमा एकसाथ पुगे मन्त्री मोदी र सचिव पुष्कर


५ श्रावण, ललितपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन् ।

शुक्रबार बिहान १० बजे मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेका हुन् ।

यसअघि विभिन्न सञ्चारमाध्यममा मन्त्री र सचिवकाबीच मेलमिलाप नरहेको भनी प्रकाशित समाचार आइरहेकै बेला मन्त्री र सचिव एकसाथ अनुगमनमा निस्किएका हुन् । अनुगमन सहसचिव कमल भट्टराई पनि उपस्थित थिए ।

निरीक्षणका क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको बताए ।

“मैले पदभार ग्रहण गर्दाखेरि नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ” मन्त्री मोदीले भने ।

अनुगमनका क्रममा मन्त्री र सचिवले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा. राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

मन्त्री मोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन् । उनले यसअघि पटकपटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय किताबखाना (निजामती) लगायतका कार्यालयको अनुगमन गरिसकेका छन् ।

मन्त्री मोदीले कर्मचारी प्रशासन सुधारका लागि चालेका कदमबाट केही सुधार समेत हुँदै आएको छ । उनले बढुवा भएका कर्मचारीसहित अतिरिक्तका कर्मचारीलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउनेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेसम्मका कामहरु भइरहेको छ ।

स्टाफ कलेजले प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सेवा प्रवेश तालिमदेखि निवृत्तिभरण पश्चातको जीवनयापनसम्मका तालिमका कक्षा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?