Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

१२ वैशाख ,बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

१२ वैशाख ,काठमाडौँ । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ ।

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण बनाइदिन माग

१२ वैशाख ,काभ्रेपलाञ्चोक । मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन् । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दिनदेखि निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन

कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

१२ वैशाख ,हेटौँडा । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले

डा केसी म्याग्दीको ग्रामीण क्षेत्रमा

१२ वैशाख ,म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका हुन् । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण

लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति

१२ वैशाख ,तुलसीपुर । लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताए । “सबै दलबाट विवरण माग गरिएको छ, तर सबै दलले विवरण

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता

१२ वैशाख ,चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो, दुबईमा सफल अवतरण

१२ वैशाख, काठमाडाैँ । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भारी मत सहित विजयी

१२ वैशाख, काठमाडाैँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई

११ वैशाख ,महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् । फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद

सम्वन्धित समाचारहरु