Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

वजन घटाउन प्रहरीलाई राज्य सरकारको निर्देशन


६ जेठ, एजेन्सी । हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् ।

उनले पबढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन् ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन् ।

विजले लेखेका छन्, “अधिक तौल भएका सबै प्रहरी अधिकारी÷कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।”


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?