Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए । बैठकमा

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । उत्तरी र मध्य गाजा पट्टीमा बुधवार इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा आक्रमण गर्दा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई

लस भेगासमा टेस्ला साइबर ट्रक विस्फोट हुँदा १ जनाको मृत्यु, ७ घाइते

काठमाडौँ । लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको स्थानीय बताएका छन्

इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक

काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बुधवार देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताएका छन् । उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उनको भनाइ छ । इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताए । इजिप्टमा

चीनमा ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । उत्तरपश्चिम चीनको निङ्जियामा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प चीनको उत्तरपश्चिमी निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनमा रहेको योङनिङ काउन्टीमा गएको हो । भूकम्प बिहीवार बिहान १०ः०१ बजे (बेइजिङ समय) मा ४.८ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएका छन् ।

कडायत र केसीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले महानिरीक्षकद्वय कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

किसानद्वारा ११ करोडको धान बिक्री

बाँके । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु. ११ करोड ८२

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा कायम भएको छ। बुधबार डलरको भाउ एकको खरिददर १३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा थियो। मंगलबार

सम्वन्धित समाचारहरु