Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ । उत्तरी र मध्य गाजा पट्टीमा बुधवार इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा आक्रमण गर्दा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई जनाको मृत्यु भएको छ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बुधवार एक चेतावनी विज्ञप्तिमा अल–बुरेज क्षेत्रका केही ब्लकका बासिन्दाहरूलाई आक्रमण गर्नुअघि मानवीय क्षेत्रमा तुरुन्तै सर्न आग्रह गरे ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा लगभग १ हजार २ सय मानिस मारिएका थिए भने लगभग २५० जनालाई वन्धक बनाएका थिए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार ५५३ पुगेको छ ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?