Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक


काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बुधवार देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताएका छन् ।

उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उनको भनाइ छ । इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताए ।

इजिप्टमा कोभिड–१९ महामारीका कारण सन् २०१९ मा १ करोड ३० लाखभन्दा बढी पर्यटकको सङ्ख्या २०२० मा ३७ लाखमा झरेको थियो । त्यसपछि क्रमशः २०२१ मा ८० लाख, २०२२ मा ११.७ मिलियन र २०२३ मा १४.९ मिलियन पुगेको थियो ।

पर्यटन क्षेत्र इजिप्टको विदेशी मुद्राको मुख्य स्रोतहरू मध्ये एक हो ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?