Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


बैतडीमा छैन विपद् पूर्व तयारी

११ असार, बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन

पहिरो गएको स्थानबाट ट्रक खोलामा खस्यो

११ असार, डडेल्धुरा । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालबाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो । सोमबार बिहान धनगढीबाट बाजुरा जाँदैगरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको

पशुपतिका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध करिब डेढ करोडको भ्रष्टाचार मुद्दा दर्ता

११ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रुपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले

सेनाको सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनुहुन्न : मन्त्री खड्का

११ असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताएका छन् । सरकारद्वारा आव २०८०÷८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले संविधान र

सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी

११ असार, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत

तिलागुफा नगरपालिकाले ल्यायो पशु पैँचो कार्यक्रम

११ असार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । पशुपालन व्यवस्थालाई प्रवद्र्धन गर्न विपन्न र आर्थिक अवस्था

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ

११ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुव्र्यसनकर्ताको अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । चालु आर्थिक

पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने श्रीलङ्काको घोषणा

११ असार, एजेन्सी । श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि

मलाई निर्देशक बन्ने रहर थिएन : सरोज खनाल

११ असार,  काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा निर्देशक थपिँदैछ । योजना बनाएर चलचित्र निर्देशनको यात्रा

श्रमदानबाट बन्यो पुल

११ असार, ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको जोड्ने याफ्रे खोलामा श्रमदानमार्फत काठे मोटरेबल पुल निर्माण गरिएको छ । बाढीबहिरोका कारण खोलामा पानी तह बढेकाले गाडी तर्न नसक्ने भएपछि फक्ताङ्लुङ गाउँपालिकाको सक्रियतामा श्रमदानमा काठेपुल निर्माण गरिएको हो । तमोर कोरिडोरअन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमाना भई

सम्वन्धित समाचारहरु